२०८२ फाल्गुन २ गते शनिवार

ज्ञान दीप कलेजका ५३ जनाले गरे रक्तदान

दाङ, ९ साउन । ज्ञान दीप कलेजका ५३ जनाले रक्तदान गरेका छन् । ज्ञान दीप कलेज तुलसीपुर दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राबिधिक सहयोगमा शुक्रबार ज्ञानदिप कलेज तुलसीपुरमा भएको कार्यक्रममा शिक्षक र विद्यार्थीले रक्तदान गरेका हुन् ।

‘रक्तदान गरौँ आशा दिउँ, हामी संगै जीवन बचाउँछौँ’ भन्ने मूल नाराका साथ ५९ औ रक्तसन्चार सेवा स्थापना दिवसको अवसरमा कार्यक्रम गरिएको हो । तुलसीपुरमा रगतको माग बढीरहेको र त्यस अनुपातमा रक्तदान गर्नेको संख्या कमि रहेको हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमै क्यालेन्डर बनायर रक्तदान कार्यक्रम गर्दै आएको कलेजका भाइस प्रिन्सिपल मनोज कुमार केसीले बताउनुभयो ।

विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा अघि बढाउन र रगतको अभावमा कोहि कसैले अकालमै ज्यान गुमाउन नपरोस भनेर आफुले नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमले बताउनुभयो ।

मानिसको सरीरमा खेर गैरहेको रगत दान गरेर मानबिय सेवामा हातेमालो गर्न दाङ रेडक्रसले सबैमा अपिल गरेको छ । शुक्रबार कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी तथा विद्यार्थी गरि ५३ जनाले रक्तदान गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस