दाङ। दाङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।












