दाङ, ६ भदौ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौरा निवासी ललिता चौधरीका ६ वर्षका छोरा रमेश चौधरीको खोलामा डुबेर मृत्यु भएको हो ।
बालक आज बेलुका साढे ५ बजेतिर घर नजिकैको डुरे खोलामा नुहाउने क्रममा डुबेको र्ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
खोलामा डुबेर गम्भिर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको भए पनि चेकजाँच गर्ने क्रममा साँझ साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी जसपुरबाट प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । हाल मृतक बालकको शव अस्पतालमै राखिएको छ ।
















