२०८३ भाद्र ८ गते सोमवार

युवाको रोजाइ स्वदेशमै उद्यमशीलता : तुलसीपुरमा ‘नानु कलेक्सन’ सञ्चालनमा


दाङ । वैदेशिक रोजगारीको लहर र युवा पलायनको चर्चा भइरहेका बेला दाङको तुलसीपुरका दुई जना नन्दी केसी र नमुना वली रानाले आफ्नै व्यवसाय संचालनमा ल्याउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ का नन्दी केसी र नमुना वली रानाले संयुक्त रूपमा फेन्सी व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ नन्दी र नमुनाले करिब २५ लाख रुपैयाँको लागतमा ‘नानु कलेक्सन’ नामक फेन्सी स्टोर सञ्चालनमा ल्याउनुभएको हो ।

पछिल्लो समय युवा पुस्तामा आफ्नै देशमा लगानी गर्ने, स्वरोजगार बन्ने र आत्मनिर्भरतातर्फ लम्किने क्रम बढ्दै गएको देखिएको छ । व्यवसायबारे जानकारी दिँदै व्यवसायी नन्दी केसीले भन्नुभयो–‘वैदेशिक रोजगारी वा अरूको भर पर्नुभन्दा आफ्नै माटोमा सानो भए पनि उद्यम सुरु गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने अठोटका साथ हामीले यो व्यवसाय सुरु गरेका हौँ । मेहनत गरे स्वदेशमै सम्भावना र भविष्य दुवै छ भन्ने सन्देश हामी दिन चाहन्छौँ ।’

‘नानु कलेक्सन’ मा ग्राहकको रुचि, आधुनिक फेसन र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय तथा आकर्षक कपडाहरू उपलब्ध गराइएको छ । स्थानीयस्तरमै आधुनिक तथा शैलीगत पहिरन सहज रूपमा उपलब्ध गराउने र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने उद्देश्य सञ्चालकहरूको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस