२०८२ फाल्गुन २६ गते मङ्गलवार

एपीएफ फुटबल क्लबको जित

काठमाडौँ । काठमाडौँमा जारी एन्फा १६ वर्ष मुनिको फुटबल प्रतियोगितामा एपीएफ फुटबल क्लब विजयी भएको छ । आइतबार बिहान सम्पन्न खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो हाफमै खेल दुवै पक्षबीच बराबरीमा रहँदा दोस्रो हाफतिर खेल आक्रामक बनेको थियो । एपीएफका जर्सी नम्बर ५ का सुजन तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको हो । तर त्यसपछि मछिन्द्रले खेलमा फर्किँदै बराबरी गोल गर्न सफल भयो ।

खेलको ६७ औँ मिनेटमा एपीएफका जर्सी नम्बर २१ का पुजन ढकालले निर्णायक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाउनुभयो । अन्तिम समयसम्म दुवै पक्षबाट आक्रामक खेल देखिए पनि मछिन्द्र बराबरी गोल गर्न असफल भएको हो ।

एन्फाले आयोजना गरेको १६ वर्ष मुनिको प्रतियोगिता युवा खेलाडीलाई प्रोत्साहन गर्दै भविष्यमा राष्ट्रिय टिमका लागि आधार निर्माण गर्ने उद्देश्यले सञ्चालन भइरहेको हो । प्रतियोगितामा देशभरका विभिन्न क्लबका १६ वर्ष मुनिको उमेर समुहका खेलाडी सहभागी छन् ।

यस जितसँगै एपीएफले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना बलियो बनाएको छ भने मछिन्द्रको भने अन्तिम चरण प्रवेशको यात्रा कठिन बनेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस