२०८२ फाल्गुन २ गते शनिवार

नेपालले आज साउथ अस्ट्रेलियासँग दुई वटा टी–२० प्रतिस्पर्धा गर्दै


दाङ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ । पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो ।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पार्नुभएको थियो भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए ।

आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआइ प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शनिबार बिहान ५ : १५ बजे सुरु हुनेछ ।

त्यसैगरी, आजै नेपाल ‘ए’ टिमले भारतमा टी–२० सिरिज खेल्दैछ । भारतको गुवाहटीमा आजदेखि आसाम प्रदेशसँग सिरिज खेल्न लागेको हो। क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग आज बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्नेछ। थप खेल भदौ १३, १४, १५ र १६ गते लगातार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस