तुलसीपुर । टीभीएस मोटरसको दशैं–तिहार लक्षित विशेष फेस्टिभ एक्सचेन्ज अफर सुरु भएको छ ।
एच.बी.अटो ट्रेडर्स तुलसीपुरले दशैं–तिहारलाई लक्षित गरी विशेष छुट तथा योजनाहरु ल्याइएको जनाएको छ । ग्राहकले आफ्नो पुरानो सवारी साधन सहजै साटेर नयाँ मोडलको मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने एच.बी.अटो ट्रेडर्सका सञ्चालक भ्युसन कुमार योगिले जानकारी दिनुभयो ।
अफर आज बुधबार देखि २३ गतेसम्म तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा चोक कृषि विकास बैंक अगाडि सो अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएसको स्कुटर खरिद गर्दा ग्राहकले आकर्षक अफर पाउनेछन् ।
कम्पनीका अनुसार ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट १० हजार रुपैयाँसम्मको भ्यालु एडिसन, सजिलो फाइनान्स सुविधा, विभिन्न निःशुल्क एक्सेसरीज तथा हजार जनालाई भाटभटेनी गिफ्ट भौचर ८ हजार बराबर प्राप्त गर्ने अवसर पाउनेछन् ।
थप जानकारीका लागि एच.बी. अटो ट्रेडर्स, तुलसीपुरमाको फोन ०८२५२१८४९, ९८५७८३८००८, ९८०६२१९२८५ र ९८०६२५४४७० मा सम्पर्क गर्न सकिने छ ।
















