दाङ । ग्रामिण भेगमा सहज यातायात सेवा प्रवाहका लागि घोराही– खौसापुर सडकमा यातायात सञ्चालन गरिएको छ । तुलसीपुर यातायात प्रालिले दैनिक घोराही, सर्रा, डाँगी गाउँ हुदै खौसापुर सम्म इभि गाडिहरु सञ्चालनमा ल्याएको प्रालिका उपाध्यक्ष सोमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुहरुको मागलाई मध्यनगर गदै दैनिक ४ वटा इभि गाडीहरु सो रुटमा सञ्चालनमा ल्याएको हो । त्यस्तै घोराही रामपुरको सिमलतारा– मुलावारी सम्मका लागि पनि आइतवार देखि यातायात सञ्चालन गर्न लागेको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सो रुटमा पनि २ वटा साना गाडीहरु सञ्चालन हुने छन् । घोराही, सर्रा, डाँगीगाउँ हुदै खौसापुर सम्म विहान ६ बजे देखि साझ ५ बजे सम्म दैनिक इभिगाडीहरु सञ्चालन भई रहेको तुलसीपुर यातायात प्रालिका घोराही कर्मचारी इन्चार्ज कृण्ण गिरीले जानकारी दिनुभयो ।
वि.सं. २०५६ सालमा स्थापित भई रूपान्तरित भएको तुलसीपुर यातायात प्रालिले हाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ठूला सहरहरू, छिमेकी राष्ट्र भारतका विभिन्न स्थान र गाउँ–गाउँसम्म आफ्नो यातायात सञ्जाल विस्तार गरिसकेको छ ।
तस्बिर : एआइ















