२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा लागूऔषधसहित दुई जना पक्राउ

दाङ, १९ भदौ । दाङमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा एकै घरका दुई दाजुभाई रहेका छन् ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्मरगाउँका २१ वर्षिय पुस्कर घर्ती र उनका सहोदार दाजु २७ वर्षिय कमल घर्तीलाई पक्राउ गरेको हो ।

पुस्करलाई शंकास्पद अवस्थामा हिडिरहेको प्रहरीले खानतलासी गर्दा १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिनै खैरो पदार्थ बरामद गरिएको छ ।

यस्तै कमलको घरबाट १६ पुडिया लागुऔषध ब्राउन सुगर फेला पारिएको डिएसपी शाहले बताउनुभयो । उनिहरु दुवै जनालाई बुधबार साँझ साढे ४ बजेतिर घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस