२०८३ साउन ६ गते बुधवार

प्युठानमा ८० थान भरुवा बन्दुक बरामद


दाङ । जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा ८० थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न घटनामा प्रयोग भएका र लुकाईछिपाई राखेको अवस्थामा विभिन्न ठाउँबाट हतियार बरामद भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । ६ महिना यता विभिन्न स्थानबाट हातहतियार बरामद भएको बताउनसभयो ।

चालु अवस्थामा रहेका र चालु अवस्थामा नरहेका हतियार भएको उहाँको भनाइ छ । भरुवा बन्दुकसहित तीन थान पेस्तोल समेत प्रहरीले बरामद गरेको छ । इजाजत बिनाका हतियार बरामदले विभिन्न घटना न्यूनीकरण हुने प्रहरीले अपेक्षा गरेको छ । जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षमा तीन वटा अवैध हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस