२०८२ असोज २४ गते शुक्रवार

आगामी असोज २० देखि २६ गतेसम्म हाम्रो पहुँचको वार्षिक साधारणसभा हुने

दाङ, १९ भदौ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा सात दिनसम्म हुने भएको छ । संचालक समितिको गत शुक्रबार (भदौ १३ गते) बसेको बैठकले आगामी असोज २० गतेदेखि २६ गतेसम्म वार्षिक साधारणसभा गर्ने भएको हो ।

साधारणसभामा १४ बुँदे प्रस्ताव पेश गरिने संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । साधारणसभामा बितेको आर्थिक वर्षको समिक्षा र चालु वर्षको नीति कार्यक्रम तथा बजेट, लेखा सुपरिवेक्षण समिति प्रतिवेदन, कार्यविधि स्विकृति तथा संसोधन, कोषमा रहेको रकम वितरण लगायतका प्रस्ताव पेश गरिने भएको छ । यसैगरी सहकारी एकिकरण अख्तियारी, बाह्र ऋण तथा अनुदान लिने अख्तियारी, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक, कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवा सुविधा निर्धारण अख्तियारी, एकाई साधारण सभाका निर्णय प्रमाणीकरण गर्ने प्रतिनिधि चयन सम्बन्धमा, संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन जस्ता प्रस्ताव पेश हुने संस्थाले जनाएको छ ।

संस्थामा करिब ५ हजार शेयर सदस्य रहेका छन् । शेयर सदस्यको पायक पर्ने केन्द्रमा विभिन्न मितिमा साधारण गरिने छ । संस्थाका सचिव कृष्ण पोखरेलका अनुसार असोज २० र २१ गते संस्थाको प्रांगन झुमरेमा साधारणसभा हुनेछ । यस्तै २२ गते रानागाउँ स्कुल, २३ गते गुरुजजुर मावि रक्षाचौर, २४ गते बनगाउँ स्कुल, २५ गते मावि कालाखोला र २६ गते जनकल्याण मावि दुधरासमा साधारण सभा हुने सचिव पोखरेलले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस