दाङ । जेनजीका प्रदर्शनकारीहरूले दाङका विभिन्न स्थानमा आज बिहानैदेखि तोडफोड तथा आगजनी गरेका छन् । उनीहरूले तुलसीपुर उपमहानगरपालिकाको भवन, तुलसीपुरस्थित एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, माओवादी पार्टी कार्यालगायतमा आगजनी गरेका हुन् ।
जेनजीका प्रदर्शनकारीहरुले तुलसीपुरका विभिन्न नेताहरुका घरमा पनि तोडफोड गरेका छन् । दाङका विभिन्न चोक तथा सरकारी कार्यालय वरिपरि पनि तनावपूर्ण अवस्था सिर्जना गरेका छन् ।
साथै, प्रतिनिधिसभा सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य कोमल ओली र हिराचन्द्र केसी लगायतका नेताहरुका घरमा आक्रमण प्रयास गरेको बताइएको छ ।
सुरक्षाकर्मीहरू अहिले घटनास्थलमा खटिएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको र थप बल प्रयोग गर्ने तयारी गरेको जनाएको छ ।
घटनामा अहिलेसम्म मानवीय क्षति भएको वा नभएको बारे प्रष्ट विवरण आएको छैन । तर आगजनीका कारण सम्पत्तिमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।














