२०८२ फाल्गुन २९ गते शुक्रवार

जेनजी आन्दोलनमा मृत्यु भएकाप्रती नेपाल लेखापढी कानुन व्यवसायीद्धारा दुःख व्यक्त


दाङ । जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।

भदौ २३ र २४ गते प्रदर्शनका क्रममा मृत्यु भएका युवहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एसोसिएसनले घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै संघले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा देशभर विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड तथा भौतिक संरचनामा क्षति पुगेको जनाएको छ ।

आन्दोलनको समयमा जेनजीका प्रदर्शनकारीहरुले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ईकाइ समिति तुलसीपुरको कार्यालय र ७० जना व्यवसायीका सम्पूर्ण फर्महरु पूर्ण रुपमा जलेर नष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै भौतिक संरचना ध्वस्त भएको उल्लेख गरिएको छ । कार्यालयमा भएका महत्वपूर्ण कागजात, पुस्तक, डकुमेन्टहरु नष्ट भएको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक हरिलाल पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तमिा भनिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस