२०८२ मङ्सिर २२ गते सोमवार

सडकमा गुड्न थाले सार्वजनिक सवारी साधन

दाङ । जेनजीको आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक यातायात सेवा सुचारु भएको छ । दाङसहित देशका अधिकांश स्थानमा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छन् । शनिबार फाटुफुटरुपमा चलेका सवारी साधन आज भने बाक्लोमात्रामा देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु र निषेधाज्ञा हटाएसँगै सडकमा नीजि तथा सार्वजनिक सवारी साधनको चहलपहल बढेको हो । बजार पनि खुल्न थालेको छ । दशैँ पर्व नजिकिदै गर्दा बजारमा पनि चहलपहल बढ्न थालेको छ ।

आइतबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आएकाले यात्रुलाई सहज भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताउनुभयो ।

उहाँका अनुसार आइतबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गरिने छ ।

अघिल्ला वर्षमा घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो । यो पटक देशको असहज परिस्थितिका कारण यसबारे छलफल गर्न नसक्दा निर्णय गर्न केही ढिलाइ भएको यातायात व्यवसायीहरूको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस