२०८२ माघ ७ गते बुधवार

प्राइमफेस मल्टीपर्पोजले क्षतिको मूल्यांकन निशुल्क गर्ने


दाङ । प्राइमफेस मल्टीपर्पोज प्रालिले जेनजी आन्दोलनका क्रममा सरकारी तथा व्यक्तिगत सम्पतिमा भएको क्षतिको मूल्यांकन नि : शुल्क गरिदिने भएको छ ।

प्रालिले तुलसीपुर क्षेत्रमा आन्दोलनको क्रममा भएको क्षतिको मुचुल्का उठाएपछि मूल्यांकलन निशुल्क गरिदिने भएको हो ।

प्रालिका संचालक इन्जिनियर बिक्रम बावु केसीले जेनजी आन्दोलनको क्रममा सरकारी तथा निजि सम्पतिमा क्षति पुगेकोले मूल्यांकन निः निशुल्क गरिदिने बताउनुभयो ।

तुलसीपुरमा मूख्य कार्यालय रहेको प्रालिले विषम परिस्थितिमा सहयोग गर्ने उद्देश्यले सम्पतिको मूल्यांकन नि : शुल्क गरिदने भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस