दाङ। तुलसीपुर उपमहानगरपालिकाले पाल टाँगेर सेवा दिन शुरु गरेको छ । जेनजीको आन्दोलनको क्रममा नगरको दुई वटै भवनमा क्षति पुगेकाले पाल टाँगेर सेवा दिन शुरु गरेको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनभुयो ।
उपमहानगरपालिकाले अहिले तत्काल पञ्जिकरण, सिफारिस लगायतका अत्यावश्यक सेवा दिन शुरु गरेको हो । नगरले निर्माण गरेको व्यापारिक भवनको मर्मत गरे नियमित सेवाप्रवाह गर्न सक्ने प्रमुख खड्काले बताउनुभयो ।
आन्दोलनको क्रममा आगजनी र तोडफोड हुँदा भवन पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट सम्पूर्ण कागजात समेत जलिसकेकाले सेवाप्रवाहमा समस्या देखिएको उपमहानगरपालिकाले जनाएको छ । नगरले सेवाप्रवाह शुरु गरेपनि सेवाग्राहीको संख्या न्यून देखिएको छ ।












