२०८२ असोज २४ गते शुक्रवार

सिपयुक्त जनशक्ति उत्पादनमा हाम्रो पहुँच सकेन्डरी स्कुल

दाङ, २२ असोज । हाम्रो पहुँच सकेन्डरी स्कुलले सिपयुक्त जनशक्ति उत्पादनका लागि विद्यार्थीलाई अतिरिक्त सिप सिकाउन थालेको छ । विद्यालयले विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि दक्ष बनाउनका लागि बुधबारदेखि उद्घोषण कलादेखि गुडिया निर्माणसम्मका तालिम शुरु गरेको छ ।

तालिममा कक्षा ७, ९, ११ र १२ का विद्यार्थी सहभागी भएका छन् । विद्यार्थीलाई सिपयुक्त जनशक्ति निर्माणका लागि विभिन्न प्रकारका व्यावहारिक सिप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार विगतका वर्षदेखि नै विद्यार्थीलाई दशैँ र तिहारको बिचमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको छ । यसवर्ष पनि बुधबारदेखि असोज ३१ गतेसम्म विभिन्न कक्षाका विद्यार्थीलाई उद्घोषण कला, लेखा व्यवस्थापन प्रणाली, कृषि उत्पादन र गुडिया बनाउने तालिम दिन थालिएको हो । उहाँले तालिममा सहभागी विद्यार्थीले प्रयोगात्मक अंक र प्रमाणपत्र पनि पाउने बताउनुभयो ।

बुधबार अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा प्याब्सन तुलसीपुर नगरका अध्यक्ष डम्बर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्याब्सन तुलसीपुर नगरका अध्यक्ष डाँगीले हाम्रो पहुँच सकेन्डरी स्कुलले सिपयुक्त जनशक्ति उत्पादनका लागि थालेको प्रयास निकै प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीलाई सिप सिकेर व्यवहारमा लागु गर्न सकिने भएकाले अनुशासित ढंगले सिप सिक्न आग्रह गर्नुभयो ।

विद्यालयका संयोजक भरत भण्डारीले कुनै पनि रोजगारी प्राप्त गर्न शैक्षिक प्रमाणपत्रसंगै सिप पनि हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई चासो र उत्सुकताका साथ सिप सिक्न आग्रह गर्दै प्रशिक्षकले पनि विद्यार्थीले बुभ्‌mनेगरी सिकाउनुपर्ने बताउनुभयो ।

हाम्रो पहुँच बहुद्दउेश्यीय सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले विद्यार्थीलाई सिपयुक्त बनाउनका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सहभागी गराउने गरेको बताउनुभयो ।

उहाँले विश्व बजारमा बिक्ने जनशक्ति उत्पादनमा हाम्रो पहुँच लागेको बताउनुभयो । विद्यालयका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस