२०८२ माघ ७ गते बुधवार

हाम्रो पहुँचको साधारणसभा आज पाँचौ दिन बनगाउँ स्कुलमा हुने

दाङ, २४ असोज । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज पाँचौ दिन तुलसीपुर–१० को बनगाउँ स्कुलमा हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का सबै सदस्यका लागि बनगाउँ स्कुलमा हुने भएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले आजको साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्यलाई अनुरोध गर्नुभएको छ ।

सोमबारदेखि शुरु भएको १९ औँ वार्षिक साधारणसभा २६ गतेसम्म संचालन हुने छ । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा भइरहेको छ ।

साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल हुने संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार संस्थाले यसवर्ष २ करोड १६ लाख ४४ हजार ५८१ खुद वचत गर्ने लक्ष्य राखेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस