२०८२ कार्तिक ३० गते आइतवार

आजदेखि सरकारी कार्यालय बन्द

दाङ, ३ कार्तिक । तिहारको बिदा परेका कारण आजदेखि सरकारी कार्यालय बन्द भएका छन् । तिहार पर्वको अवसरमा यसवर्ष शनिबारसहित ६ दिन बिदा परेको छ ।

शुक्रबार (कार्तिक ७ गते)सम्म तिहार बिदा परेको र ८ गते शनिबार परेका कारण कार्तिक ९ गते आइतबारबाट सरकारी कार्यालय संचालनमा आउने भएका हुन् ।

आजदेखि तिहारको बिदा शुरु भएसंगै सरकारी कर्मचारी पनि जन्मथालो फर्किन थालेका छन् । कतिपय कर्मचारी आइतबार नै घर फर्किसकेका थिए ।

कार्तिक ९ गते सरकारी कार्यालय संचालनमा आएपनि १० गते फेरि छठ पर्व परेका कारण टाढा घर भएका अधिकांश कर्मचारी कार्तिक ११ गतेदेखिमात्रै आउने देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस