दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–७ ले सिर्जनशील ब्याडमिन्टन क्लबलाई जर्सी उपलब्ध गराएको छ । वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीले खेलाडीलाई खेलप्रति उत्साहित गर्ने उद्देश्यले जर्सी वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष रामकुमार आचार्यले खेलकुदको विकासमा वडा कार्यालयको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । जर्सी प्राप्त भएपछि क्लबका खेलाडीहरू उत्साहित बनेका छन् । उनीहरूले धन्यवाद ज्ञापन गर्दै आगामी प्रतियोगिता अझ राम्रोसंग खेल्ने बताएका छन् ।

कार्यक्रममा वडा सदस्य मानबहादुर राना र शोभाराम भण्डारीको पनि उपस्थिति रहेको थियो । तुलसीपुर–७ मोतीपुर विद्यालय परिसरमा भएको कार्यक्रमको सञ्चालन विष्णुप्रसाद सुवेदीले गर्नु भएको हो ।















