तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बजार क्षेत्रभित्र जडान गरिएका सिसी क्यामेराहरूको मर्मत गरेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएका क्यामेरा पालिकाले आज मर्मत गरेपछि पुनः सञ्चालनमा आएका छन् ।
चाडपर्वको समयमा बढ्ने चोरी, डकैती तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले सिसी क्यामेरा जडान गरेको थियोे । ती क्यामेराहरूको नियन्त्रण तथा अनुगमन इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सिसी क्यामेराको पुनः सञ्चालनमा आएपछि तुलसीपुर बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने पालिकाले जनाएको छ ।














