२०८३ मङ्सिर ८ गते मङ्गलवार

तुलसीपुरमा नेतृत्व विकास तालिम


तुलसीपुर । तुलसीपुरमा नेतृत्व विकाससम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। दमारगाउँ चर्च तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को आयोजनामा सञ्चालन भएको तालिम सोमबार समापन गरिएको हो।


चर्चका अध्यक्ष विष्णुकुमारी पुनको अध्यक्षता तथा पास्टर टोपबहादुर महतराको प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएकाे छ ।


समापन कार्यक्रममा प्रमुख अतिथि महतराले नेतृत्व विकासका लागि व्यक्तिमा नेतृत्व गर्ने क्षमता, जिम्मेवारीबोध र सही निर्णय लिन सक्ने गुण आवश्यक रहेको बताउनुभयो। उहाँले नेतृत्व भनेको पदमा रहनु मात्र नभई अरूलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता भएको उल्लेख गर्दै तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।


दुई दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व विकास, नेतृत्वमा हुनुपर्ने गुण, नेतृत्व गर्दा अपनाउनुपर्ने विषय, नेतृत्वका क्रममा देखिने समस्या तथा तिनको समाधानका लागि गर्नुपर्ने प्रयासबारे प्रशिक्षण दिइएको थियो।


तालिममा क्यानेडियन प्रशिक्षक गुरुष राजलाख र धरनाराज लाखले प्रशिक्षण दिनुभएको थियो। तालिमको नेपाली अनुवाद विजेता अधिकारीले गर्नुभएको थियो।


संसथाका उपाध्यक्ष गीता कुमारी बिष्टकाे स्वागत मन्तव्यवाट सुरूभएकाे कार्यक्रमकाे सहजिकरण सचिव सावित्रा विकले गर्नुभएकाे थियाे भने कोषाध्यक्ष धनसरा विकले धन्यवाद ज्ञापन गर्नुभएको थियो। तालिममा ५० जनाको सहभागिता रहेको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस