२०८२ मङ्सिर २२ गते सोमवार

अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन


दाङ । अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन् । पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभयो ।

पर्यटकहरू सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका अध्यक्ष पुनले बताउनुभयो ।

हिमपहिरो लगायतका कुनै पनि घना रेकर्ड नगरिएकाले उनीहरू टेलिफोन सम्पर्क नभएको ठाउँमा सकुशल रहेको हुनसक्ने अपेक्षा गरिएको छ ।

हिमपातपछि गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका अन्य पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस