२०८२ माघ ८ गते बिहिवार

विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपाल ब्याटिङमा


दाङ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले सुरुमा ब्याटिङ गर्दैछ । युएईले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हारको सामना गरेकाले आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ । अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ । तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस