२०८२ मङ्सिर २२ गते सोमवार

नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य


दाङ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाउनुभयो । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिनुभयो ।

यूएईमा चलिरहेको त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । शृङ्खलामा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन् । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो । यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।

नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस