दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गोरखा सेकेन्डरी स्कुलमा दोश्रो ‘गोरखा कप इन्टर स्कुल फुटबल प्रतियोगिता’ सुरु भएको छ । गोरखा ग्रुप प्रालीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको ब्यबस्थापनमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी फुटबल प्रतियोगिताको सुरु भएको हो ।

गोर्खा ग्रुप तुलसीपुरका अध्यक्ष बिष्णु घर्तीमगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारी(वर्षात)को प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भण्डारीले विद्यालयले स्थापनाकाल देखिनै विद्यार्थीहरुलाई खेलकुदमा सहभागि गराउदै आएको बताउनुभयो । उहाँले गोर्खा ग्रुप दाङले गोरखा कपको आयोजना गरेकोमा खुसी व्यक्त गदै विद्यालयले शिक्षा संगसंगै खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । विद्यालयले दाङमा धेरै फुटबल खेलाडीहरु उत्पादन गरेको उहाँको भनाई छ ।
फरक प्रसंगमा उहाँले राज्यका तिनै तहका सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । खेलकुदमा पनि राजनिति हुँदा खेलाडीहरु अगाडी बढ्न नसकेको उहाँको भनाई छ । राष्ट्रिय खेल खेलेका खेलाडीहरु पनि विदेश पलायन भइरहेको बताउनुभयो । राज्यको माथिल्लो निकायमा बस्ने व्यक्तिहरुले निस्वार्थ भावनाले अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

यस्तै दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले राष्ट्रको सान र गौरव जोडिएको खेलकुद क्षेत्र लाई राज्यका तिनै तहका सरकारले उचित सम्बोधन गर्न नसकेको बताउनुभयो । खेलकुद क्षेत्र सबल र सक्षम युवा निर्माणको आधार भएको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, सहयोग र आत्मविश्वास बढाउने उहाँको भनाई छ ।
सो अवसरमा गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर, एकेडेमीक डाईरेक्टर दुर्गा बहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी हुमबहादुर पराजुली, फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ, गोरखा मावी तुलसीपुर संचालक समितिका उपाध्यक्ष डोरबहादुर जिसी, गोरखा मावी घोराहिका प्रधानाध्यापक मानसिह रोका, गोर्खा लालमटियाका प्रधानाध्यापक वसन्त पुनमगर, गोरखा आवासीय तुलसीपुरका प्रधानाध्यापक रबिन खड्का लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक विजयमान जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सुधान्सु गुप्ताले गर्नुभएको हो ।
यसैबिच प्रतियोगिताको छात्र तर्फ गोरखा घोराही र गोरखा लमहीले फाईनल यात्रा तय गरेका छ्न् । गोरखा लालमटिया लाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै गोरखा घोराही फाईनल प्रवेश गरेको हो । त्यस्तै गोरखा तुलसिपुर लाई ट्राईवेकरमा ४ का विरुद्ध ५ गोल गर्दै गोरखा लमहीले गोरखा घोराही संगको फाइनल भिडन्त पक्का गरेको हो ।

त्यस्तै छात्रा तर्फ गोरखा तुलसिपुर र गोराही गोरखा ले बिजयी यात्रा सुरु गरेका छन् । आजको खेलमा गोरखा लालमटिया लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै गोरखा तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै छात्रा तर्फको दोस्रो खेलमा लमही गोरखा लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै घोराही गोरखा बिजयी भएको हो ।
प्रतियोगिताको फाईनल खेल भोलि आईतवार ११ बजे देखि सुरु हुनेछ । प्रतियोगिताको बिजेताले गोरखा कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता विद्यालयलाई कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।
दुईदिन सम्म संचालन हुने प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसीपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्र तर्फ चार र छात्रा तर्फ तिन टिमको सहभागीता रहेकोछ ।












