२०८२ मङ्सिर २२ गते सोमवार

गोरखा घोराहीले जित्यो दोश्रो गोरखा कप फुटबलको उपाधी


दाङ । दोस्रो गोरखा कप ईन्टर स्कुल छात्र/ छात्रा फुटबल प्रतियोगिता २०८२ को उपाधि छात्रातर्फ गोरखा तुलसीपुर र छात्रतर्फ गोरखा घोराहीले जितेको छ ।

गोरखा ग्रुप प्रालिको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको व्यवस्थापनमा संचालित प्रतियोगिताको छात्रातर्फ आइतबार सम्पन्न फाईनल खेलमा गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीलाई २–० गोलले पराजित गर्दै गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले उपाधि जितेको हो ।

उपाधिसंगै उसले दोस्रो गोरखा कप उचालेको छ । फाईनलमा पराजित गोरखा घोराही उपबिजेतामा सिमित रहदै कप मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै छात्रतर्फको सम्पन्न फाईनल खेलमा गोरखा मोडल स्कुल लमहीलाई २–१ गोलले पाखा लगाउदै गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीले उपाधी जितेको हो । उपाधी संगै उसले गोरखा कप उचाल्न सफल भयो । उता फाईनलमा सम्मानजनक हार ब्यहोरेको गोरखा लमही उपबिजेतामा सिमित रहदै कप,मेडल मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगिताको ब्यक्तिगत बिधा छात्रा तर्फ वेष्ट प्लेयर खेलाडी गोरखा घोराहीका मोनिका बुढा, वेष्ट गोल किप्पर गोरखा तुलसिपुरका अनिशा थापा र हाई स्कोरर गोरखा तुलसिपुरकै गरिमा केसी भए । त्यस्तै छात्र तर्फ वेष्ट प्लेयर खेलाडी गोरखा लमहिका प्रलाद अधिकारी, वेष्ट गोल किप्पर गोरखा घोराहिका हेमन्त वली र हाई स्कोरर गोरखा घोराहिका रमेश खत्री भए ।

उत्कृष्ट सबैलाई ट्रफी प्रदान गरिएको थियो । ‘सबल शरिर,अनुशासन र सशक्त विचार – खेलकुद गोरखा ग्रुपको पहिचान र आधार भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह गोरखा ग्रुपका अध्यक्ष बिष्णु प्रसाद घर्तिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भन्डारीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत र लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको विशिष्ट आतिथ्यमामा भएको थियो ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि,गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर, एकेडेमीक डाईरेक्टर दुर्गा बहादुर केसी, गोरखा मावि तुलसीपुरका संचालक समितिका उपाध्यक्ष डोर बहादुर जिसि, गोरखा मावि घोराहिका प्रीन्सिपल मानसिह रोका, गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्रीन्सिपल बिजयमान जिएम, गोरखा तुलसीपुरका क्याम्पस प्रमुख पुर्ण प्रकाश डागी,गोरखा आवासीय तुलसीपुरका प्रीन्सिपल रबिन खड्का लगाएतले बिजेता विद्यालय तथा खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन गोरखा मावि तुलसीपुरका शिक्षक सुधान्सु गुप्ताले गर्नु भएको थियो ।

दुईदिन सम्म संचालन भएको प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसीपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्रतर्फ चार र छात्रातर्फ तिन टिमको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस