२०८२ माघ २५ गते आइतवार

नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालको विजयी शुरुआत


दाङ । भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ ।

श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालका मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाउनुभयो । श्रीलङ्काका सन्दया निलान्थीले १ विकेट लिनुभयो ।

यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । श्रीलङ्काका कप्तान तथा विकेटकिपर मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाउनुभयो । नेपालका कान्ति योगीले ३ विकेट लिनुभयो ।

नेपालले अब दोस्रो खेलमा पर्सि शुक्रवार भारतसँग खेल्नेछ । हिजोदेखि शुरू भएको नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल खेल आउँदो मङ्सिर ७ गते हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा भारत, नेपालसहित, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ वटा देशको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस