२०८२ मङ्सिर २२ गते सोमवार

नेपाल प्रहरीको कमाण्ड आजदेखि कार्कीले सम्हाल्दै


दाङ । नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दै हुनुहुन्छ । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लाग्नु भएको हो ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त कार्की आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले कार्यक्रम छ । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उहाँले पदभारग्रहण गर्नुहुने छ ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हाल्नु भएको थियो । ३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उहाँ प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख हुनुहुन्थ्यो । डीआईजी हुँदा भने उहाँले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्नु भएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस