२०८२ माघ ७ गते बुधवार

प्रथम श्रीगाउ कप फुटबल प्रतियोगिता हुँदै

दाङ । दाङको दङ्गिशरण गाउँपालिका वडा नम्बर ६ श्रीगाउमा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता हुँदैछ । श्रीगाउँ फुटबल क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो मङ्सिर ३ गतेदेखि सुरु हुनेछ ।

स्थानीयस्तरमा फुटबल खेलको विकास र खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले ४० हजार ४ सय ४४ रुपैया नगद, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेतालाई २० हजार २ सय २२ रुपैया नगद,कप,मेडल प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एमेसन चौधरीले जानकारी दिनुभयो ।

संयोजक चौधरीका अनुसार प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फ वेष्ट प्लेयर हुने खेलाडीलाई २ हजार ५ सय रुपैयाँ नगद तथा ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै वेष्ट किप्पर र हाई स्कोररलाई समान १ हजार ५ सयका दरले नगद तथा ट्रफी प्रदान गरिनेछ ।

यसैबिच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको छ । तयारी स्वरुप उसले प्रतियोगिताको खेल मैदान मर्मत, प्रचार प्रसार, टिम दर्ता, आर्थिक व्यवस्थापन लगाएतको कार्य लाई तिव्रता दिईएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस