दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को मूलकोटमा फोहोर संकलनका लागि डष्टबिन वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएको ३४ थान डष्टबिन सोमबार वितरण गरिएको हो ।
मूलकोट टोल विकास संस्थाका प्रत्येक घरधुरीलाई डष्टबिन वितरण गरिएको संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार चमेरेगुफा, मूलकोट कृषि सहकारी, प्राथमिक विद्यालय मूलकोटलाई पनि डष्टबिन वितरण गरिएको छ ।
अध्यक्ष पुनले डष्टबिन उपलब्ध गराउने उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सरसफाईयुक्त टोलका लागि डष्टबिन उपलब्ध गराएको अध्यक्ष पुनले बताउनुभयो ।














