दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ आज दिउँसो ४ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
मंगलबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ भने पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।












