२०८२ मङ्सिर २२ गते सोमवार

आज पनि सिमरा तनावग्रस्त : कर्फ्यू आदेश जारी

बारा । बुधवार दिउँसोभरिजसो तनावग्रस्त रहेको बाराको सिमरा क्षेत्र बिहीवार पनि शान्त छैन। बारा जिल्ला प्रशासन कार्यालयले सिमरा विमानस्थल तथा जितपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूको प्रदर्शन तथा जनधनको क्षति हुन नदिन भन्दै बिहीवार दिउसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।


वीरगन्ज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू लगाइएको क्षेत्र घोषणा गरिएको छ।


प्रदर्शनकारीहरूले मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीको तैनाथी पनि बाक्लो पारिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस