दाङ । जगदम्बा मोटर्सले टीभीएसका दुई नयाँ मोडलका मोटरसाइकल Apache RTR 160 2v Fi Bs6 / Tvs Raider igo नेपाली बजारमा ल्याएको छ । एचबि अटो ट्रेडर्स तुलसीपुरले आज सोमबार एक कार्यक्रमको आयोजना गरी टीभीएसका दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको हो ।

नयाँ मोडलका Apache RTR 160 2v Fi Bs6 / Tvs Raider igo मोटरसाइकलको कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका वरीष्ठ उपाध्यक्ष देव बहादुर केसीले सार्वजनिक गर्नुभएको हो । नयाँ मोडलका मोटरसाइकलले ग्राहकका लागि शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउने बताइएको छ ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मी, तुलसीपुरका सम्पूर्ण अटो मोबाइल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
TVS Apache RTR 160 2V FI BS6 मा १५९.७ सीसीको फ्युल इन्जेक्सन इन्जिन, ५० किलोमिटर प्रतिलिटरको माइलेज क्षमता, रेस–ट्युन सस्पेन्सन, ABS / SmartXonnect जस्ता विशेषता छन् । कम्पनीले आफ्नो सेग्मेन्टमा पहिलोपटक जीवनभरको वारेन्टी उपलब्ध गराएको जनाएको छ ।

त्यस्तै, युवापुस्तालाई लक्षित TVS Raider IGO मा १२५ सीसी इन्जिन,LED हेडलाइट, डिजिटल क्लस्टर, सीटमुनि स्टोरेज तथा राइड मोड्सका सुविधाहरू रहेका छन् ।
टिभिएस तुलसीपुरका सञ्चालक भ्युषन कुमार योगीले दुवै मोडलले TVS ब्रान्डको नवीनता, गुणस्तर र ग्राहकमैत्री सेवालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयोे ।
थप जानकारीका लागि एचबि अटो ट्रेडर्स तुलसीपुरमा सम्पर्क गर्न सकिने छ । जसका लागि ९८५७८३८००८,९८०६२१९२८३ र ०८२५२१८४९ मा सम्पर्क गर्न सकिने कम्पनिले जनाएको छ ।
टीभीएरस मोटर कम्पनी विश्वप्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन निमर्काता हो । जसले दिगोे गतिशिलताको माध्यमबाट प्रगतिलाई अगाडी बढाइरहेको छ ।
एक सय वर्षभन्दा बढीको भरोसा, मूल्य र ग्राहकप्रतिको जोशमा आधारित इतिहास सहित, टिभिएस मोटरले हाल एशिया, ल्याटिन अमेरीका र युरोपका ८० भन्दा बढी देशहरुमा विश्वस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ ।














