दाङ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् ।
विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।
तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ ।
यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ ।
विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो । अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तेस्रो स्थानमा छ।












