२०८२ माघ ८ गते बिहिवार

एनपीएलमा आज दुई खेल हुने, पोखरा र लुम्बिनी, सुदूरपश्मि र जनकपुर भिड्दै

काठ्माडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११ : ४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ । पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा हुनेछ ।

यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ । मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ ।

सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ भने जनकपुरका कप्तान अनिल साह हुनुहुन्छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ ।

पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंक छ । रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ। पाँच खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ। चितवनको चार अंक छ भने समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस