२०८२ फाल्गुन १९ गते मङ्गलवार

एनपीएलमा आज लुम्बिनी र बिराटनगर भिड्दै

दाङ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।

आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ ।

मंगलबार भएको भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै प्लेअफको प्रतिस्पर्धामा रोमाञ्चकता भरेको छ ।

अंकतालिकाको पुछारमा रहेको टिमको जितसँगै अब सबै टिमको प्लेअफको सम्भावना कायम रहेको हो ।

जनकपुरले मंगलबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । मंगलबारको जितसँगै जनकपुरको पराजयको शृंखलामा पूर्णविराम लागेको छ भने चितवनको हारसँगै प्लेअफ सम्भावना टाढिएको छ ।

यस्तै दोस्रो खेलमा पोखराले कर्णालीलाई ३४ रनले हराएको छ । पोखराले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १ सय ६७ रन बनाएर सबै विकेट गुमाएको हो । यहि मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता आउँदो २७ गतेसम्म चल्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस