दाङ । पतञ्जली योग समिति दाङको बृहत योग जागरण कार्यक्रम भएको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका– १५ मुना योग साधना केन्द्र मलवारमा बृहत योग जागरण कार्यक्रम भएको हो ।
पतञ्जली योग समिति दाङको आयोजना तथा पतञ्जली योग मुना साधना केन्द्र मलवारको व्यवस्थापन र महिला पतञ्जली योग समिति दाङ युवा नेपाल समिति दाङ र आचार्य कुलम दाङको समन्वयमा कार्यक्रम भएको हो ।
पतञ्जली योग साधना केन्द्रका जिल्ला अध्यक्ष बिनोद चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१५ का अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा योग ध्यान प्राणायाम तथा स्वस्थ जीवनशैलीका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरुलाई योगलाई दैनिक जीवनमा आत्मसात गर्न प्रेरित गर्दै शारीरिक मानसिक तथा आत्मिक सन्तुलन कायम राख्न योगको भूमिका बारे प्रकाश पारिएको थियो ।

वक्ताहरूले योग र आयुर्वेदको माध्यमबाट सामाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउँदै अनुशासित जीवन नैतिक मूल्य र सेवाभावको महत्वमा जोड दिएका थिए । कार्यक्रममा महिला युवा तथा विभिन्न वर्गका व्यक्तिहरूको उल्लेखीय सहभागिता रहेको थियो ।
आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धम्कापुरचोकबाट सुरु भएको र्याली इलाका प्रहरी कार्यालय हुँदै कार्यक्रम स्थलसम्म पुगेको थियो ।















