२०८२ माघ २५ गते आइतवार

तुलसीपुरमा सर्वाधिक राशिको अन्तर वडास्तरिय फुटबल प्रतियोगिता हुँदै


दाङ। दाङको तुलसीपुरमा भोलिदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले अन्तर वडास्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तुलसीपुरको अरनिको मैदानमा संचालनमा हुन थालेको प्रतियोगितामा तुलसीपुरका १६ वडाले सहभागीता जनाउने वडा अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले जानकारी दिनुभयो । फुटबल खेलमा नयाँ खेलाडी उत्पादन र पुराना खेलाडीलाई उत्साह दिन वडाले फुटबल खेलको आयोजना गरेको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।

भोलिदेखि शुरु हुने प्रतियोगिता पुस १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ६६ हजार ६ सय ६६ रुपैँया पुरस्कार पाउने छ भने प्रथम हुनेले ट्रफि पनि उचाल्न पाउनेछ । यस्तै द्वितीय हुने टिमले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैँया पुरस्कार प्राप्त गर्ने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस