दाङ । तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलले घरदैलो स्वास्थ्य शिविर गरेको छ ।
नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गरी हस्पिटलले दंगीशरण गाउँपालिका वडा नम्बर ७ को बुटनिया गाउँमा नि : शुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा १ सय बढीले नि : शुल्क स्वास्थ्य परामर्श सेवा प्राप्त गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । शिविरमा सुगर, प्रेसर र अक्सिजनको मात्रा जाँच गरिएको हो ।
अस्पताल आउन असहजता भएका अशक्त, महिला, जेष्ठ नागरिक, बालबालिका लगायतलाई स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको हो ।















