दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ मा रहेको एन.एम. ड्रिकिङ वाटर एण्ड वेभरेव इन्डस्ट्रिजले १० औं वार्षिकोत्सव मनाएको छ ।
इन्डस्ट्रिजले बाह्रकुने दह घोराहीमा कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा एन.एम ड्रिकिङ वाटर एण्ड वेभरेव इन्डस्ट्रिजका प्रबन्ध निर्देशक बामदेब न्यौपानेले कम्पनिले १० औं वर्ष पार गरेर यो उचाईमा पुगेको उपलक्ष्यमा खुशि व्यक्त गर्नुभयो ।
यस्तै कम्पनिको उन्नति तथा प्रगतिको श्रेय कम्पनिमा कार्यरत कर्मचारीलाई दिदै बनभोज कार्यक्रमको आयोजनाले माया तथा सद्भाब साटासाट गर्न पाउने र वर्षभरीकै कामको थकाईलाई उत्साहका रुपमा बाँड्न पाउँदाको खुशि समेत प्रकट गर्नुभयो ।
शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि दाङ देउखुरी पानी उद्योग संघका अध्यक्ष अनिल आचार्यले कम्पनिको प्रगतिको उचाई र कार्यरत कर्मचारीको जिवनस्तरको उचाई निरन्तर समानान्तर बन्दै जाने हुँदा सधै यस कम्पनिलाई उच्च मनोबलका साथ अगाडि बढाउन अनुरोध गर्नुभयो ।
कम्पनिमा कार्यरत सम्पुर्ण कर्मचारीलाई प्रोत्साहन गर्न सम्मान गरिएको थियो । विशेष सम्मान उत्कृष्ट सेल्स म्यानेजर टिकाराम बुढा तथा उत्कृष्ट कर्मचारीको रुपमा सिता चौधरीलाई नगद २५ हजार तथा प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।
यादब शाहको मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सोहि कम्पनिका सञ्चालक तथा युवा व्यवसायी पारस न्यौपानेले गर्नु भएको हो ।
















