२०८२ फाल्गुन २६ गते मङ्गलवार

आज माघे सक्रान्ती : थारु समुदायमा माघीको रमझम


दाङ । आज माघे सक्रान्ति पर्व । दाङसहित देशभर विभिन्न समुदायले माघे सक्रान्ती पर्व मनाउँदै छन् । चाकु, तरुल र तिलको लड्डु जस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।

माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।

आज तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ । आजको दिन मासको दाल र चामल मिसाइएको खिचडीलाई माघी पर्वको विशेष परिकारको रुपमा खाने चलन छ । माघी पर्वको अवसरमा थारु समुदायमा उल्लासमय छाएको छ ।

यसैबिच माघे सक्रान्ति पर्वको अवसरमा आज बिहानैदेखि दाङका दुई स्थानमा आज भव्य मेला लागेको छ । घोराहीको बाह्रकुने र लमही–९ को बगारबाट रिहारमा माघे सक्रान्तिका अवसरमा भव्य मेला लागेको हो ।

बिहानै नागरिकहरु चिसोको कुनै प्रवाह नगरी बाह्रकुने दहमा पुगेका छन् भने उता देउखुरीको रिहारमा पनि बिहानैदेखि भिडभाड बढेको छ । रिहारमा स्थानीयसंगै भारतबाट सबैभन्दा बढी तिर्थालु आएका छन् । यसैबिच माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले भोलि पनि प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस