दाङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशका पाँच जिल्लामा निर्वाचन प्रहरी माग गरिएकामा माग अनुसार निवेदन परेको छैन । माग अनुसारको आवेदन नपरेपछि पाँच जिल्लामा आजसम्मको लागि म्याद थप गरिएको छ ।
लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पामा थप आवेदनका लागि म्याद थप गरिएको हो । प्रदेशका १२ जिल्लामा नेपाल प्रहरी तर्फ २१ हजार ८ सय ५६ र शसस्त्र प्रहरी तर्फ २ हजार ५ सय ४९ गरी जम्मा २४ हजार ४ सय ५ जना माग गरिएको थियो ।
जसमा नेपाल प्रहरी तर्फ ३१ हजार २ सय ८१ र शसत्र प्रहरी तर्फ २ हजार ५ सय ७५ गरी जम्मा ३३ हजार ८ सय ५६ जनाको आवेदन दर्ता भएको छ । लुम्बिनी प्रदेशका ७ जिल्लामा भने माग भन्दा धेरै आवेदन परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पा जिल्लामा नेपाल प्रहरीमार्फत १ हजार ४ सय १८ र सशस्त्र प्रहरीमार्फत १ सय ७९ जना गरि जम्मा १ हजार ५ सय ९७ निर्वाचन प्रहरी भर्ना गर्ने तयारी थियो । जसमा नेपाल प्रहरी तर्फ ९ सय ४७ र शशत्र तर्फ ४३ गरि जम्मा ९ सय ९० जनाको मात्रै आवेदन परेको थियो ।
यस्तै गुल्मीमा जिल्लामा नेपाल प्रहरीमार्फत १ हजार ६ सय ९५ र सशस्त्र प्रहरीमार्फत १ सय ७९ जना गरि जम्मा १ हजार ८ सय ७४ निर्वाचन प्रहरी भर्ना गर्ने तयारी थियो । जसमा नेपाल प्रहरी तर्फ १ हजार १ सय २८ र शशत्र प्रहरी तर्फ १ सय ३१ गरी जम्मा १ हजार २ सय ५९ मात्रै आवेदन दर्ता भएको छ ।
अर्घाखाँचीमा नेपाल प्रहरी मार्फत १ हजार १ सय ६९ र शशत्र प्रहरी मार्फत ९६ गरी जम्मा १ हजार २ सय ६५ जना माग गरिएको थियो । जसमा नेपाल प्रहरी तर्फ ८ सय ४४ र शशत्र प्रहर ितर्फ भने १ सय १ जना गरि जम्मा ९ सय ४५ जनाको मात्रै आवेदन परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्युठान जिल्लामा नेपाल प्रहरी मार्फत १ हजार ४ सय ३९ र शसस्त्र प्रहरी मार्फत ९६ गरी १ हजार ५ सय ३५ जना माग गरिएको थियो । जसमा नेपाल प्रहरी तर्फ १ हजार ५ सय ४२ र शसत्र प्रहरी तर्फ ९४ गरी जम्मा १ हजार ६ सय ३६ जनाको आवेदन दर्ता भएको छ ।
यसैगरी रोल्पा जिल्लामा नेपाल प्रहरी मार्फत १ हजार ३० र शसत्र प्रहरी मार्फत ९६ गरी जम्मा १ हजार १ सय २६ जना माग गरिएको थियो। जसमा नेपाल प्रशरी तर्फ ९ सय २४ र शसस्त्र प्रहरी तर्फ भने १ सय २९ गरी जम्मा १ हजार ५३ जनाको आवेदन दर्ता भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रुकुम पूर्वमा भने माघ १ गते सम्ममा माग भन्दा धेरैको आवेदन परेको छ । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नरहेको हुनुपर्ने छ ।
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ किलो तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने सर्त राखिएको छ ।














