दाङ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) दाङको सभापतिमा ठाकुर प्रसाद डाँगी पुनः चयन हुनुभएको छ । शनिबार सम्पन्न नियोक दाङको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
जस अनुसार उप–सभापतिमा टेकन प्रसाद कँडेल, सरस्वती चौधरी र सुजाता केसी श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सचिवमा शालिकराम वली, कोषाध्यक्षमा सावित्रा चौधरी र सह–सचिवमा सीता पुन चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा खुमानन्द अधिकारी, रवि गुप्ता, प्रमिला लम्साल र प्रेम बहादुर खड्कालाई चयन गरिएको हो ।
त्यसैगरी चयन गरिएको नयाँ समितिको पहिलो बैठकबाट बिनोद कुमार श्रेष्ठलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ भने कानुनी सल्लाहकारमा अधिवक्ता मोहन प्रसाद धिताल र सल्लाहकारमा धनिराम भण्डारीलाई नियुक्त गरिएको छ ।
नियोक दाङले विगतमा सम्पन्न संबिधान सभा निर्वाचन, प्रतिनिधी सभा, राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनमा पर्येवेक्षण गरेको थियो भने यसपटक पनि आसन्न प्रतिनिधी सभा एवम् राष्ट्रिय सभाको निर्वाचनको सक्रिय एवम् निष्पक्ष रुपले पर्यवेक्षण गरिने जानकारी सचिव शालिक राम वलीले गराउनुभएको छ ।


















