२०८२ फाल्गुन २९ गते शुक्रवार

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


दाङ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाउनुभयो । नेपालका सीता रानामगरले २ विकेट लिनुभयो ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बिन्दु रावलले ४४ रन बनाउनुभयो ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्‌ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस