दाङ । नेत्रहिन संघ दाङको अध्यक्षमा रामबहादुर खड्का निर्वाचित हुनुभएको छ । सोमबार तुलसीपुरमा भएको छैठौँ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा कुशल तामाङ र खड्काबिच प्रतिष्पर्धा भएको थियो । कुल ४४ मत खसेकोमा खड्काले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
संघको अध्यक्षबाहेक अन्य पदमा भने सर्वासम्मत चयन गरिएको छ । अधिवेशनले खड्काको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा आसी चौधरी, सचिवमा कर्णसिं पाली, सहसचिवमा अनिता थापा, कोषाध्यक्षमा प्रविन चौधरी चयन हुनुभएको छ ।
यस्तै सदस्यमा सुस्मिता चौधरी र इन्द्र बहादुर बुढामगर चयन हुनुभएको छ । संघको नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन भएको हो । यसैबिच संघमा तुलसीपुर–४ निवासी सन्दीप वलीले ५५ हजार ५५५ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।
















