दाङ । आज देखी देशभर सरकारी कार्यालयहरु बेलुका पाँच बजेसम्म खुल्ने भएका छन् ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारी कार्यालयले गत कात्तिक १६ गतेदेखी माघ १५ गते सम्म बिहान दश बजेदेखी बेलुका ४ बजेसम्म सेवा दिदै आएकोमा आज देखी बेलुका ५ बजेसम्म सेवा दिने भएका छन् ।
सरकारले ३ महिना कार्यालय समय ६ घण्टा र बाँकी ९ महिना ७ घण्टा कार्यालय सेवाको समय निर्धारण गर्दै आएको छ । सोहि अनुसार आजदेखि बेलुका ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा प्रवाह हुने भएको छ ।
सरकारले वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बेलुका ५ बजेसम्म तोकेको छ भने कर्मचारीहरुले खाजा खाने समय दिउँसो १ः३० देखि २ बजेसम्म समय निर्धारण गरेको छ ।














