दाङ । तुलसीपुरमा टिप्परले स्कुटीलाई किच्दा एक युवतीको मृत्यु भएको छ । टिप्परको ठक्करबाट स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका –११ निवासी २१ वर्षिया कल्पना केसीको मृत्यु भएको छ ।
गुम्राह चोकबाट मदनआश्रित चोकतर्फ आउँदै गरको क–प्र ००३ प २४४९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको रा ५ प ७९४५ नम्बरको स्कुटीलाई बिहिबार (आज) दिउँसो गुम्राह चोक नजिकै ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट स्कुटी समान दिशातर्फ जाँदै गरेको रा १ ज ३२ नम्बरको टिप्परसंग ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





















