दाङ । काठ्माण्डौबाट टर्कीका लागि उडेको विमानमा आगलागी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको हो ।
टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार टर्किसको ‘ए३३०–३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।














