२०८३ बैशाख १३ गते आइतवार

कालाखोला शिव मन्दिरमा ५० फिट अग्लो त्रिशूल स्थापना


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ पुलचोक कालाखोलामा रहेको शिव मन्दिरमा आज शुक्रबार विजया एकादशीको अवसरमा शिवजीको पूजा आराधना एवम् भजनकृतन कार्यक्रम भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भजनकृतन कार्यक्रम भएको हो ।

सो अवसरमा तुलसीपुर–७ बुढागाँउका दानदाता खिमबहादुर चौधरीले मन्दिर परिसरमा ५० फिट अग्लो त्रिशिुल स्थापना गर्नु भएको छ । एक लाख २६ हजार ८५२ रुपैंयाको लागतमा त्रिशुल स्थापना गर्नु भएको हो । त्रिशुल स्थापना गरेकोमा दानदाता चौधरीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले धन्यावाद ज्ञापन गर्नुभएको छ ।

भजनकृतन कार्यक्रममा भजनकृतन संयोजक महान प्रसाद भुषाल, सल्लाहकार वुद्धिराम भुसाल र केशरी प्रसाल अधिकारी, मन्दिर व्यवस्थापन उपसमिति संयोजक एकराज ढकाल, यनिमाया न्यौपाने, कमला न्यौपाने, हरिदेवि कंडेल, भुपिराम पोख्रेललगाएत १५० बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण मन्दिर व्यवस्थापन समितिका सह–सचिव राधेश्याम उपाध्यायले गर्नुभएको हो ।

यसैबिच तुलसीपुरमा रहेको डिभाइन पाठशालाका विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा महाशिवरात्रिको पूर्वसन्ध्यामा पूजाआराधना तथा प्रसाद वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस